Loading... आजः शनिबार, मंसिर ११, २०७८

समानुपातिकतर्फ पनि काँग्रेसलाई धक्का, हेर्नुहोस अहिलेसम्मको परिणाम

जाजरकोट । समानुपातिकतर्फको मतगणनामा पनि नेकपा एमालेले आफ्नो अग्रता यथावत राख्दै मतान्तर फराकिलो पार्दै लगेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ ।

फाइल फोटो

२ बजे सम्म जारी मतगणनामा समानुपातिक निर्वाचन प्रणालीतर्फ एमालेले १२ लाख ८२ हजार ३९८ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ ।

यसैगरी कांग्रेसले ११ लाख ८३ हजार ७८४ मत हासिल गरेको छ । कांग्रेसभन्दा निकै नै पछि रहेको माओवादी केन्द्रले ५ लाख १० हजार ८४०मत बटुलेको छ ।

अरु पार्टीहरुमा संघीय समाजवादी फोरम नेपालले१  लाख १ हजार १८ मत प्राप्त गरेको छ भने विवेकशील साझा पार्टीले ७७ हजार ५२० मत प्राप्त गरी पाँचौ स्थानमा रहेको छ ।


ताजा समाचार