Loading... आजः बिहिबार, मंसिर ९, २०७८

उद्योग ब्यबसायलाई योजनाबद्ध तरिकाले अगाडी बढाउने प्रतिबद्धता

बिनोद कुमार घर्ती
जाजरकोट २४ मंसिर । मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाका नव निर्वाचित जनप्रतिनिधिहरुले जाजरकोटमा उद्योग ब्यबसायलाइ योजनाबद्ध तरिकाले अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

जाजरकोट सदरमुकाम खलंगामा उद्योग बाणिज्य संघ जाजरकोटले गरेको शुभकामना आदान-प्रदान तथा नव निर्वाचित जनप्रतिनिधि हरुलाइ सम्मान कार्यक्रमको आयोजनालाइ सम्बाेधन गर्दै पृर्ब गृह-मन्त्री तथा प्रतिनिधि सभा जाजरकोटका सदस्य शक्ति बहादुर बस्नेतले जाजरकोटमा उद्योग ब्यबसायको धेरै मात्रामा सम्भावना भएकोले सबै सम्बन्धीत सरोकार वालाहरुसंग सहकार्य गरि अगाडि बढ्न आग्रह गरे ।

बस्नेतले जाजरकोटको कुसे गाउँपालिका वडा न ५ दम्दाला आफनो पहलमा सुन्तला पोकेट एरिया छनोट गरि उपसचिव को नेत्रित्वमा काम कार्य अगाडि बढाउनको लागि कार्यालयको स्थापना गराएकोले जाजरकोटमा सुन्तला, मह, जुनिचाँदे बारेकोट , कुशे, छेडागाडको बहुमुल्य काइनाइट पत्थरकाे जाजरकोटमै ब्यबस्थापन गर्नसके जाजरकोटको ब्यरोजगारि समस्याको अन्त्य गर्न सकिने बस्नेतले बताए ।

जाजरकोटमा उद्योगि ब्यबसायिको हक हितको लागि सधै जाजरकोटि जनताको अनुकुलता अनुसार अगाडि बढने र जाजरकोटको कृषि पर्यटन क्षेत्रमा हाफुले सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

त्यस्तै जाजरकोट प्रदेश सभा क का सदस्य गणेश प्रसाद सिंहले संविधान कार्यानवनको चरणमा रहेकोले स्थानिय सरकारसंग समन्वय गरेर अगाडि बढने सदस्य सिंहले बताए । सिंहले जाजरकोटि जनताले आफनो उमेर भन्दा बुढो उमेरको चामलको भात खाने गरेकाले कृषीमा आधुनिकिकरण गरि अगाडि बढने प्रतिबधता ब्यक्त गरे

उता प्रदेश सभा ख का प्रदेश सभा सदस्य करबिर शाहिले जाजरकोटको उद्योग बाणिज्यले कृषी आधुनीकरणको लागि सम्बन्धीत सरोकार वालासंग समन्वय गरि अगाडि बढे जाजरकोटको कृषी, पर्यटन क्षेत्रलाई सुधार हुने शाहिले बताए ।

उद्योग बाणिज्य सघंं जाजरकोटका अध्यक्ष कर्ण बहादुर खड्काकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा सघंका पुर्व अध्यक्ष कमान खड्काले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा पृर्ब शान्ती मन्त्री सत्या पहाडि, पृर्व सांसद रत्न प्रसाद शर्मा न्योपाने, गोबिन्द जंग शाह, कृष्ण बहादुर बिसि, भेरि नगरपालिकाकी उपप्रमुख भावना भण्डारि, प्रेस चौतारिका केन्द्रीय उपाध्यक्ष बिर बहादुर गिरी लगायतकाे  उपस्थीति रहेको थियो कार्यक्रमको संचालन दिपेन्द्र शर्माले गरेका थिए ।


ताजा समाचार