Loading... आजः आइतवार, अशोज ३, २०७८

बाँकेका कोहलपुर लगायत क्षेत्रमा बामगठबन्धनको बिजय उत्सव

सरला सुबेदी
कोहलपुर,  २५ मंसिर । बाँकेको कोहलपुर लगायत क्षेत्रमा बामगठबन्धनले बिजय उत्सब र्‍यालि निकालेको छ ।

बिहान ११ बजे १ र ३ नम्बर क्षेत्रबाट निस्केको र्‍याली नेपालगन्ज जम्मा भएर सयुक्त रुपमा नेपालगन्ज बजार भरी निकालिएको थियो र नेपालगन्ज बाट फर्केर कोहलपुरको हाईस्कुलबाट निकालिएको बाजा गाजा सहितको बिशाल र्‍यालिले कोहलपुर बजार, चौराहा, चपरगाैडी, बसपार्क, दशबिगाहा हुदै न्युरोड परीक्रमा गरि न्युरोडको उत्तर पट्टी रहेको मैदानमा गएर कोण सभामा परीणत भएको थियो।

जिल्लाका ३ वटा निर्वाचन क्षेत्रका ९ सिटमध्ये ६ सिटमा जित निकाल्दै बाम गठबन्धन पहिलो भएको छ भने २ स्थानमा संघिय समाजवादी फोरमका उम्मेदवारहरु बिजयी भएका छन । त्यसैगरी सबैभन्दा ठुलो दलका रुपमा हेरीएको काँग्रेसले भने बाँकेमा आफनो शाख जोगाउन सफल भएको छ ।

बाँके प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ मा माओबादी केन्द्रका महेश्वर गहतराज, क्षेत्र नं. २ मा संघीय समाजवादी फोरमका मो. ईस्तियाक राई र निर्वाचन क्षेत्र नं. ३ मा एमालेका नन्दलाल रोकाय विजयी भएका छन् । गहतराजले ३१ हजार १ सय ७३ मत ल्याएका छन भने उनका प्रतिद्धन्दी लोकतान्त्रीक गठबन्धनका माधबराम खत्रिले २८ हजार २ सय १७ मत प्राप्त गरेका छन ।

त्यसैगरी मोहम्मद इस्तियाक राई २१ हजार ५ सय ७५ मतका साथ बिजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनका पशुपतिदयाल मिश्रले १५ हजार ९ सय ५१ मत प्राप्त गरे । निर्वाचन क्षेत्र नं. ३ मा बाम गठबन्धनका साझा उम्मेदवार नन्दलाल रोकायले ३१ हजार ६ सय १ मतका साथ शिर्ष स्थान कायम गरेका छन । लोकतान्त्रीक गठबन्धनका बादशाह कुर्मीले २६ हजार ६ सय १७ मत प्राप्त गरेपनि बिजयी हुन सकेनन् ।

यसैबिच प्रदेशसभातर्फ बाँके क्षेत्र नं. १ ‘क’ मा माओवादी केन्द्रका कृष्णा केसी नमुना १३ हजार ४ सय ३६ मतसहित विजयी भएकी छन् । उनका प्रतिश्पर्धी लोकतान्त्रीक गठबन्धनका शरदचन्द्र वर्माले १० हजार २ सय ४० मत प्राप्त गरेका छन् ।

त्यसैगरी क्षेत्र नं. १ ‘ख’ मा बाम गठबन्धनबाट उम्मेदवार बनेकी आरती पौडेल १९ हजार ३ सय ८९ मतका साथ बिजयी भएकी छिन् । उनका प्रतिद्धन्दी लोकतान्त्रीक गठबन्धनका नारायाण प्रसाद गौडेलले १५ सय २ सय ५ मत ल्याएका छन ।

क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ तर्फ भने संघीय समाजवादी फोरमका विजय यादव ११ हजार ५ सय ७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रीक गठबन्धनका निरन्जन सिंह सिजापतिले ७ हजार ७ सय ५१ मत ल्याएका छन ।

बाँके २ प्रदेश सभा ‘ख’ मा भने लोकतान्त्रीक गठबन्धनले जित हासिल गरेको छन । शाख जोगाउने क्रममा लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बनेका सुरेन्द्र हमालले ९ हजार २ सय ११ मत ल्याएर आफनो जित सुरक्षित गरेका हुन । उनलाई कडा टक्कर दिने क्रममा संघीय समाजवादी फोरमका दुर्गेशकुमार गुप्ताले ८ हजार ४ सय ३२ मत प्राप्त गरेका थिए भने एमाले उम्मेदवार विजयकुमार गुप्ता ५ हजार ३ सय २७ मत ल्याएर तेस्रो स्थान प्राप्त गरेका छन् ।

बाँके क्षेत्र नं ३ ‘क’ मा माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल १६ हजार ६ सय ७५ मत सहित विजयी भएका छन् भने उनका प्रतिश्पर्धी लोकतान्त्रीक गठबन्धनका चन्तराम थारुले १४ हजार ९ सय ८१ मत प्राप्त गरेका छन । त्यसैगरी बाँके क्षेत्र नं ३ ‘ख’ मा एमालेका बाबुराम गौतमले ११ हजार ८ सय ७७ मत प्राप्त गर्दा उनका प्रतिश्पर्धी लोकतान्त्रीक गठबन्धनका लक्ष्मीनारायण शाहले मात्र ७ हजार ५ सय ९२ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेद्वार विजय पाठकले ४ हजार ३ सय ४० मत ल्याउन सफल भएका छन ।

कोणसभामा बिजयी उम्मेदवार हरुले हजुरहरुको अमुल्य मतले हामी बिजयी भएका छौ अब हजुरहरुको साथ र सहयोगले यो क्षेत्रको समग्र बिकासमा हामी लाग्नेछौ भन्दै धन्यबाद ज्ञापन सहित आ-आफ्नो प्रतिबद्धता पुरा गर्ने बताए।


ताजा समाचार