Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

गजल : बधाई अनि शुभकामना

जनतालाई शुसासन र विकास दिनु, बधाई अनि सुभकामना छ ।
जनसरकार भएको आभास दिनु , बधाई अनि सुभकामना छ ।।

राष्ट्रिय राजनितिमा पिछडियको जाजरकोटको पहिचान बदल्दै,
कस्तुरीको विना जस्तै सुवास दिनु, बधाई अनि सुभकामना छ ।

शान्ति, समानता स्वाभिमान,र राष्ट्रको समृद्धि कायम राख्दै ,
स्वाधीनता जोगाउने विश्वास दिनु, बधाई अनि सुभकामना छ ।

गरिब, भुकम्प पीडित, बाढी पीडित र द्वन्द्वपीडित परिवारलाई,
चिसो रात कटाउने घरवास दिनु, बधाई अनि सुभकामना छ ।

यो देशका निम्ति, शिर चढाउने सहिदको सपना साकार पार्नलाई,
समृद्ध नेपाल निर्माणको उपहार खास दिनु, बधाई अनि सुभकामना छ ।।

केबि पराजुली
डुंग्गेश्वर गाउँपालिका ५,दैलेख


ताजा समाचार