Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

बाँकेमा मतगणना सकियो, १ मा संघिय समाजबादी फोरम र २ स्थानमा बामगठबन्धन बिजयी

रबिन्द्र सिँह ठकुरी, नेपालगन्ज २४ मंसिर ।
बाँकेका तीन वटा निर्वाचन क्षेत्रमध्ये तिनै वटाको मतगणना सकिएको छ ।

निर्वाचन क्षेत्र नं. १, २ र ३ प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सकिएको छ भने निर्वाचन क्षेत्र नं. १ मा माओबादी केन्द्रका महेश्वर गहतर, निर्वाचन क्षेत्र नं. २ मा संघीय समाजवादी फोरमका मो.ईस्तियाक राई र निर्वाचन क्षेत्र नं. ३ मा एमालेका नन्दलाल रोकाय विजयी भएका छन् ।

गहतराजले ३१,१७३ मत ल्याएका छन उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका माधबराम खत्रिले २८,२१७ प्राप्त गरेका छन । मोहम्मद इस्तियाक राईले २१ हजार ५७५ मत ल्याएका छन्, उनका प्रतिद्धन्दी वाम गठबन्धनका पशुपतिदयाल मिश्रले १५ हजार ९५१ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६५१ मत प्राप्त गरी तेस्रो भएका छन् ।

निर्वाचन क्षेत्र नं. ३ मा एमाले उम्मेद्वार नन्दलाल रोकायले ३१ हजार ६०१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका बादशाह कुर्मीले २६ हजार ६१७ मत प्राप्त गरेका छन् ।

बाँके २ प्रदेश सभा ‘क’ मा संघीय समाजवादी फोरमका विजय यादव ११ हजार ५७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेस निरन्जन सिंह सिजापतिले ७ हजार ७५१ मत ल्याएका छन् । त्यस्तै बाँके २ प्रदेश सभा ‘ख’ मा नेपाली काँग्रेसका सुरेन्द्र हमालले ९ हजार २११ मत ल्याएर विजयी हुँदै संघीय समाजवादी फोरमका दुर्गेशकुमार गुप्तालाई पराजित गरेका छन् । उनले ८ हजार ४३२ मत ल्याएका छन् भने एमाले उम्मेद्वार विजयकुमार गुप्ता ५ हजार ३२७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

बाँके क्षेत्र नं. ३ ‘क’ मा माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल १६ हजार ६७५ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका चन्तराम थारुले १४ हजार ९८१ मत ल्याएका छन् ।  बाँके क्षेत्र नं. ३ ‘ख’ मा एमालेका बाबुराम गौतमले ११ हजार ८७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेस लक्ष्मीनारायण शाह ७ हजार ५९२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार विजय पाठक ४ हजार ३४० मतसहित तेस्रो स्थानमा छन् ।

बाँके क्षेत्र नं. १ ‘क’ मा माओवादी केन्द्रका कृष्णा केसी नमुना १३ हजार ४३६ मतसहित विजयी भएकी छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका शरदचन्द्र बर्माले १० हजार २४० मत प्राप्त गरेका छन् । बाँके क्षेत्र नं. १ ‘ख’ मा एमालेकी आनती पौडेल बिजयी भएकी छन । पौडेलले १९३८९ मत ल्याई बिजयी हासिल गरेकी हुन । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका नारायाण प्रसाद गौडेलले १५२०५ मत ल्याएका थिए ।

बाँकेमा समग्रमा शान्तिपुर्बक रुपमा प्रत्यक्ष तर्फको मतगणना भएको र समानुपातीका को अबको २ दिनमा सम्पन्न् गर्ने बताउनु भयो ।


ताजा समाचार