Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

कांग्रेसका युवा नेता शर्मालाई हराउदै झापा १ मा राम कार्की बिजयी


झापा । झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् । कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याए । तर त्यो जितका लागि पर्याप्त भएन । शर्मा दोस्रो संविधान सभामा पनि एमालेका नेताका संग हारेका थिए ।

यसैबिच पराजित बनेका विश्वप्रकाश शर्माले हार स्वीकार गरेका छन् । उनले हार स्वीकार गर्दै वाम गठबन्धनका कार्कीलाई जीतको बधाई समेत दिएका छन् । शर्माले सार्वजनिक रुपमै कार्कीलाई माला लगाइदिएका छन् ।


ताजा समाचार