Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

इलाम २ मा नेम्बाङ र १ मा खनाल विजयी

इलाम। नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट विजयी भएका छन् ।

नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याए ।

तस्तै नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट भारी मतान्तरसहित विजयी भएका छन् । संसदका लागि उनको यो जीत पाँचौं पटक हो ।

खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् ।


ताजा समाचार