Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

बिमलेन्द्रलाई हराउँदै राजेन्द्र महतो विजयी

धनुषा । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भएका छन् ।

चर्चित यो क्षेत्रमा महतो र कांग्रेस नेता विमलेन्द्र निधि लडेका थिए । वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए । तर, उनी प्रतिस्पर्धामा नै आएनन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै ३ हजार मतान्तरले पराजित गरे । उनले ३० हजार ७४२ मत पाए ।

निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८२८ मत पाए । सुरुदेखि नै पछि परेका महतोले एक पटक पनि महतोलाई भेट्टाउन सकेनन् ।

माओवादीका रामसिंहले २ हजार ३४६ मत पाए ।

कास्की

पोखरा। कास्की क्षेत्र नम्बर १ बाट एमाले नेता खगराज अधिकारी विजयी भएका छन् । पूर्वमन्त्री समेत रहेका अधिकारीले ३२ हजार २ सय ४२ मत ल्याएर प्रतिनिधिसभा सदस्य पदमा जित हात पारेका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मत पाए ।

त्यसैगरी क्षेत्र नम्बर १को प्रदेश सभा क मा माओवादीका दीपक कोइरालाले जितेका छन् भने ख मा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।


ताजा समाचार