Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

जाजरकोटमा बाम गठबन्धनकाे क्लिन स्विप

जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा शक्ति बहादुर बस्नेत बिजयी हुनु भएको छ ।

प्रतिस्पर्धि काङ्ग्रेसका राजिब बिक्रम शाहलाई ८ हजार ९ सय ९२ मतले पराजित गर्दै बस्नेत बिजयी हुनु भएको हो ।

पुर्ब गृहमन्त्री समेत रहनु भएका बस्नेतले ३२ हजार २ सय ८१ मत प्राप्त गर्नु भयो । भने प्रतिस्पर्धी काङ्ग्रेसका शाहले २३ हजार २८९ मत प्राप्त गर्नु भयो ।

त्यस्तै राप्रपा (रास्ट्रबादि) का युद्धबिर सिंहले ६३८, संघीय समाजबादी फोरामका रतन बहादुर बोहराले ३३५ मत ल्याउनु भयो । नयाँ शक्तिका शेर बहादुर शाहिले २८१ मत ल्याउनु भएको छ ।

कुल खसेको ६० हजार ७ सय ६४ मतमा ३ हजार ९४० मत बदर भएको छ ।

यो संगै प्रत्यक्ष तर्फको प्रतिनिधि र प्रदेशसभाको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ ।

जाजरकोटमा बाम गठबन्धनले क्लिन स्विप गरेको छ ।


ताजा समाचार