Loading... आजः आइतवार, अशोज ३, २०७८

दाङ क्षेत्र नं २ (क) मा वामका शंकर पोखरेल विजयी

दाङ । प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ७२३ मत ल्याई विजयी भएका छन् ।

एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत प्राप्त गरे । यसको औपचारिक घोषणा भएको छैन ।

निर्वाचन कार्यालयले अब केही बेरमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ । कुल ५१ हजार ७०० मतदाता रहेको प्रदेशसभा २ (क) मा ३५ हजार ५४२ मत खसेको थियो ।


ताजा समाचार