Loading... आजः बुधबार, कार्तिक ३, २०७८

सिन्धुपाल्चोकका दुबै क्षेत्रमा वाम गठबन्धन विजयी

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा वाम गठबन्धन विजयी भएको छ। सिन्धुपाल्चोकका प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवारहरू भारी मतले विजयी भएका हुन्।

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले भारी मतले विजयी भएका छन्।सापकोटा ४० हजार पाँच सय चार मत ल्याएर विजयी भएका छन् भने उनका निकट्तम पतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले २९ हजार सात सय ९८ मत प्राप्त गरे।

त्यसैगरी क्षेत्र नं २ मा नेकपा एमालेका शेरबहादुर तामाङले ३८ हजार चार सय एक मत ल्याएर विजयी भएका छन्। उनका निकट्तम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पशुपति शमसेर राणाले ३० हजार तीन सय ६९ मत प्राप्त गरेका छन्।

भोजपुर ।

प्रदेशसभा ‘ख’ भोजपुरमा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई भारी मतले विजयी भएका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३३४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका छन् ।

 


ताजा समाचार