Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

प्रदेशसभाका दुबै क्षेत्र बामगठबन्धनको कब्जामा

 

जाजरकोट ।  जाजरकोटको प्रदेशसभा क बाट बाम गठबन्धनका गणेश प्रसाद सिङ बिजयी हुनुभएको छ । यो संगै प्रदेशसभाका दुबै क्षेत्रमा गठबन्धनले जित हात पारेको छ ।

बिहान सार्बजनिक परिणाम अनुसार सिङले प्रतिस्पर्धि काङ्ग्रेसका बेदराज सिङलाई ४ हजार ३३ मतले पछि पार्दै बिजयी हुनुभएको हो । सिङले १६ हजर ९ सय ११ मत ल्याएर बिजयी हुनु भयो भने काङ्ग्रेसका सिङले १२ हजार ८ सय ७८ मत प्राप्त गर्नु भयो । त्यस्तै राप्रपा (राष्ट्रबादी) का टेक बहादुर खड्काले ३ सय ५ मत ल्याउनु भयो । संघीय समाजबादी फोरमका रामप्रसाद पौडेलले २ सय ५ र नयाँ शक्तिका भक्तबहादुर शाहले १ सय ३९ मत पाउनु भयो ।

खसेको जम्मा ३२ हजार ६ सय ६ मतमा १७ सय ६८ मत बदर भएको छ । जाजरकोटमा बदरमतको संख्या उच्च देखिएको छ । प्रदेशसभाका दुबै क्षेत्रको बदरमतको संख्या ३ हजार ९ सय ५९ रहेको छ । यस क्षेत्रमा ४५ हजार ४ सय ७२ मतदाता रहेका थिए ।

प्रदेशसभा (ख) मा गठबन्धनका उम्मेदवार शाहिले १५ हजार एक सय ८५ मत ल्याएर हिजो रातीनै बिजयी हुनुभएको छ । प्रतिसपर्धी काङ्ग्रेसका दिपकजंग शाहलाई ४ हजार ८ सय २५ मतान्तरले पराजित गर्दै उहाँ बिजयी हुनु भएको हो । प्रतिसपर्धी काङ्ग्रेसका शाहाले १० हजार ३ सय ६० मत प्राप्त गर्नु भयो ।

प्रतिनिधिसभाका लागि माओबादीका शक्तिबहादुर बस्नेतले २२ हजार २ सय १५ मत प्राप्त गरेका छन् । काङ्ग्रेसका राजिव विक्रम शाहले १५ हजार ३ सय ४ मत पाएका छन् ।  बेलुकासम्ममा मत गणनाको काम सकिने मुख्य निर्वाचन अधिकृत देब कुमार गिरीले जानकारी दिनु भएको छ ।


ताजा समाचार