Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

जाजरकोटको प्रदेशसभा २ मा एमालेका शाही बिजयी

जाजरकोट । जाजरकोटको प्रदेशसभा २ बाट नेकपा एमालेका करबिर शाही बिजयी हुनुभएको छ ।

भर्खरै सार्बजनिक मतपरिणाम अनुसार बामगठबन्धनका उम्मेदवार शाहिले १५ हजार एक सय ८५ मत ल्याएर बिजयी हुनुभएको हो ।

काङ्ग्रेसका दिपकजंग शाहलाई ४ हजार ८ सय २५ मतान्तरले पराजित गर्दै उहाँ बिजयी हुनु भएको हो । प्रतिसपर्धी काङ्ग्रेसका शाहाले १० हजार ३ सय ६० मत प्राप्त गर्नु भयो । बिजयी शाही एमाले जाजरकोटका अध्यक्ष समेत हुनुहुन्छ ।

त्यस्तै नेकपा मालेका जनक बहादुर चलाउनेले ५ सय ३७ मत प्राप्त गर्नु भयो । नयाँ शक्तिका महेन्द्र प्रशाद शर्माले १ सय १८ मत मात्र ल्याउनु भयो । २६ हजार २ सय सदर मत भएकोमा २१ सय ९१ मत बदर भएको छ ।

यस क्षेत्रमा कुल ३८ हजार ४ सय ६५ मतदातामा २८ हजार ३ सय ९१ मत खसेको थियो । प्रदेशसभा १ को मतपरिणाम भोलि बिहान ६ बजे सम्म आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । प्रतिनिधि सभाको भने भोलि राती सम्म आउने सम्भावना छ ।

पछिल्लो सार्बजनिक मतपरिणाम अनुसार प्रतिनिधि सभामा बामगठबन्धनका शक्ति बहादुर बस्नेतले १३४४३ मत प्राप्त गर्नु भएको छ भने काङ्ग्रेसका राजिब बिक्रम शाहले ८८३९ मत ल्याउनु भएक छ । प्रतिनिधि सभाको २३ हजार मत गणना भएको छ । त्यस्तै प्रदेशसभा १ मा बामगठबन्धनका गणेश प्रसाद सिंहले १२५५७ प्राप्त गर्दै अग्रता लिनु भएको छ भने काङ्ग्रेसका बेदराज सिंह ९००९ ल्याउदै पच्छ्याइरहनु भएको छ ।


ताजा समाचार