Loading... आजः आइतवार, अशोज ३, २०७८

पछिल्लो मतपरिणाम सार्बजनिक, को कतिले अगाडि ? 

जाजरकोट । भर्खरै सार्बजनिक पछिल्लो मतपरिणाम अनुसार जाजरकोटमा बामगठबन्धले अग्रता फराकिलो पार्दै गएको छ । सुरुदेखिनै आग्रता राखेको गठबन्धनले पछिल्ला सार्बजनिक मातपरिणाम मा अग्रता फराकिलो पार्दै गएको हो ।
प्रतिनिधि सभामा बाम गठबन्धनका शक्ति बहादुर बस्नेतले ६७७९ मत प्राप्त गर्दै लिड गरिरहेका छन । काङ्ग्रेसका राजिब बिक्रम शाहले ५१३१ मत प्राप्त गरेर बस्नेतलाई पच्छ्याइ रहेका छन ।

प्रदेश सभा (क) मा बाम गठबन्धन का गणेश प्रसाद सिंहले ६९२३ मत पाएका छन । काङ्ग्रेसका बेदराज सिहाले ४८४८ मत पाएका छन ।

त्यस्तै प्रदेशसभा (ख) का उम्मेदवार गठबन्धनका करबिर शाहिले ७२१९ र काङ्ग्रेसका दिपकजंग शाहले ५७२० मत प्राप्त गरि शाहिलाइ पछ्याउँदै छन ।

प्रतिनिधिसभाको १२ हजार मत गणना हुदा ५ सय भन्दा बढी मत बदर भएको छ । प्रदेश सभाको दुइटै क्षेत्रको गरि ११ सय बढी मत बदर भएको छ ।


ताजा समाचार