Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

जाजरकोटमा बामगठबन्धनले अग्रता कायमै

जाजरकोट । जाजरकोटमा बामगठबन्धनले अग्रता कायमै राखेको छ । विहान ५ बजे सम्मकाे ताजा परिणाम हामीले प्राप्त गरेका छाै ।

प्रदेश सभा (ख) मा बाम गठबन्धनका करबिर शाहिले ४५४८  र काङ्ग्रेसका दिपकजंग शाहले ३७३५ मत प्राप्त गरेका छन ।

प्रदेश सभा (क) मा बाम गठबन्धन का गणेश प्रसाद सिंहले ४७१३ र काङ्ग्रेसका बेदराज सिहाले ३२२७ मत पाएका छन ।

प्रतिनिधि सभाको मा बाम गठबन्धनका शक्ति बस्नेतले ५०३७ र राजिबले ३३२२ मत पाएका छन ।

मुस्ताङबाट एमालेका तुलाचन बने पहिलो निर्वाचित सांसद

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको छ । मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याए ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकालीले जित हासिल गरेका थिए । उनी त्यसपछि मन्त्रीसमेत भएका थिए ।

मुस्ताङमा पहिलो चरणमा मंसिर १० गते मतदान भएको थियो भने बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो ।

यसअघि मुस्ताङकै क प्रदेशमा एमालेका इन्द्रधारा विष्टले जित हासिल गरेका थिए ।


ताजा समाचार