Loading... आजः शुक्रबार, मंसिर १०, २०७८

मतपत्रमा छाप हान्नै लाग्दा ढलेका कृष्णको मृत्यु

मंसिर २१, काभ्रे । मतपत्र हातमा लिएर भोट हाल्नै लाग्दा काभ्रेको बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको निधन भएको छ । आज बिहान मतदान केन्द्रमा भोट हाल्न पुगेका उनी बेहोस भएर ढलेका थिए ।

बनेपा ४ नालाका कर्माचार्यलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्र लिएका थिए । मतदान केन्द्रमा हरियो मतपत्र हातमा लिएर भोट हाल्नै लाग्दा बेहोस भई ढलेर निधान भएको उनका छोराले जानकारी दिए ।

उहाँले स्थानीय तहको चुनावमा भोट खसाल्नुभएको थियो ।


ताजा समाचार