Loading... आजः सोमवार, कार्तिक १०, २०७७

जाजरकोटमा मतगणना स्थलमा तारजाली


बिनोद कुमार घर्ती
जाजरकोट । मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले २१ गतेबाट सुरु गरिने मतगणना स्थललाई सुरक्षित बनाउन गणना गरिने स्थानमा तार जाली लगाएको छ ।

चितवनमा मतपत्र च्यातिएको घटनाबाट तर्सिएको स्थानीय प्रशासले राजनीतिक दलसँगको छलफलबाट तारजाली प्रयोग गरेको हो । ‘सुरक्षा सहजताका लागि मतगणना गर्ने स्थानमा तार जाली प्रयोग गरेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस देवकुमार गिरीले बताए ।

’२१ गते बेलुका ५ बजेबाट गणना सुरु हुन्छ ।’ उता सुरक्षाका लागि पनि स्थानीय प्रशासन उच्च सर्तकता अपनाएको छ । २१ गते देखि मतगणना स्थलको २ सय मिटर वरपर मदिरा बिक्री वितरण र सेवन गर्न समेत स्थानिय प्रशासनले बन्द गरेको छ । दलहरूलाई पनि वरपर युवाहरू जम्मा नगरिदिन अनुरोध गरेको छ ।

विशेषगरी भित्री र बाहिरी सुरक्षा अत्यन्त मजबुत छ । बिहिवार देखि मतगणनाको प्रतिक्षा मात्र बाकीँ छ ।’ प्रमुख जिल्ला अधिकारी पुस्पराज शाहीले भने । उता माओवादी केन्द्र र नेकपा एमाले समर्थकगठबन्धनको तर्फबाट प्रतिनिधित्व गरेका दिनेश गौतमले पनि तारजाली प्रयोग प्रति खुसि ब्यक्त गरे । आफ्नै भोट गन्न अपराधी गतिबिधी मार्फत रोक्न लगाएको तारजाली बाहिर बसेर हेर्नु पर्ने बताए ।

नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गरेकीी दुर्गा भण्डारि मतगणनाको क्रममा हुने अराजक गतिविधि रोक्न गरिएको तारजालि प्रति आफु खुसि रहेको बताईन । मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले १० गते सम्पन्न निर्वाचनको मतगणना २१ गते बेलुका ५ बजेबाट गरिने तयारी गरिएको छ । मत गणनाको लागि ३ वटा कोठामा जालि लगाएर तयारी गरेको छ ।


ताजा समाचार