Loading... आजः शुक्रबार, अशोज १, २०७८

शव वोकेका मलामिहरुले मतदान गरे

 

 

पाल्पा । पाल्पामा एक महिलाको मृत्यु भएपछि उनको शव वोकेरै मलामिहरु मतदान गर्न मतदान केन्द्रमा गएका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि मलामी शव बोकेरै मतदान केन्द्रमा पुगेका हुन् ।

मृतक गैरेका छोरा युद्धराज गैरे लगायत १६ जना मलामीलपे बतासे मतदान केन्द्रमा मतदान गरेका छन् ।


ताजा समाचार