Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

दुर्घटनामा परी गाउँपालिकाकी उपाध्यक्ष घाइते

रेशम बहादुर खड्का
जाजरकोट २१ मंसिर । जुनिचाँदे गाउपालिकाकी उपाध्यक्ष शिभा आचार्य बाईक दुर्घटनामा परी घाइते भएकी छीन ।

बुधबार नेपालगन्ज देखि जाजरकोट फर्किने क्रममा दिउँसो ४ बजे सुर्खेतको जहरे बजारमा भएको बाईक दुर्घटनामा परी घाइते भएकी आचार्यको पारिवारिक स्रोतले बताएको छ ।

आचार्य दुर्घटनाबाट बायाँ हात भाँचीएर कुईना देखि माथि सानो हाडको तीन टुक्रा भएको र अन्य सरिरमा थुप्रै चोट लागी घाइते भएकी हुन । आचार्यलाई अहिले नेपालगन्ज वेस्टर्न हस्पिटल चारबाहिनी रोड नेपालगञ्जमा उपचार भईरहेको छ । आचार्य नेपालगन्ज देखि जुनिचाँदे गाउँपालिकाको कामकोलागि लागि जाजरकोट प्रस्थान गरेको उँहाको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उता वेस्टर्न हस्पिटल चारबाहिनी रोड नेपालगञ्जमाका नसा तथा हाड जोर्नी बिशषज्ञ बिनोद थापाले आचार्यको स्वास्थ्य अवस्थामा केही सुधार आएको र दुर्घटनामा परि बायाँ हात भाचिएर कुईना देखि माथि सानो हाड तीन टुक्रा भएकोले अहिले हातको अप्रेसन गरिएको अबको चार दिन भित्र आचार्यलाई डिसचार्ज गर्ने डाक्टर थापाले बताए । आचार्य गत बैशाख ३१ गते जुनिचाँदे गाउँपालिका बाट उपाध्यक्षमा बिजयी भएकी थिईन ।


ताजा समाचार