Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

युएईसगँ नेपाल ७ विकेटले पराजित  

फोटो: ICC

मंसीर २० । विश्व क्रिकेट लिग च्याम्पियनसिप को सातौँ चरण खेल अन्तर्गत भएको खेलमा नेपाल युएई सगँ ७ विकेटले पराजित भएको छ ।

युएईमा आज सम्पन्न खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेर पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २२१ रन बनायो । सम्मानजनक स्कोर बनाउने क्रममा नेपालका भरपर्दा ब्याट्सम्यान सरद भेषवाकरले अविजित ८३ रन तथा उप कप्तान ज्ञानेन्द्र मल्लले ५४ रन बनाएका थिए ।

२२२ रनको लक्ष्य पछ्याएको युएईले ४५.५ ओवरमा ३ बिकेट गुमाउदै खेल आफ्नो पक्षमा पार्यो । युएई लाई जित दिलाउने क्रममा मुस्तफा ले ६२ रन , मोहम्मद अस्फाग ले १९ रन , रहमिज सहजाद ३७ रन गुलाम साबिर ले सर्बा्िधक नटआउट ८१ जोडेका थिए ्र यस्तै मोहम्मद उस्मान ले अटआउट १७ रनको योगदान दिएका थिए ।

यस अगि नै युएई र नेपाल डिभिजन १ देखि २ मा झरिसकेको हुँदा यस खेल लाई डिभिजन २ को तयारी स्वरुप हेरिएको छ । विश्व कप छनोट प्रतियोगिता का लागि डिभिजन २ मा रहेका शिर्ष २ टिम ले सन २०१८ मा जिम्बाबे मा हुने विश्व कप छनोट प्रतियोगिता मा सहभागी जनाउने पाउने प्राबधान रहेको छ ।

अब नेपाल ले अर्को खेल यहि मङ्सिर २२ शुक्रबार का दिन खेल्नेछ ।


ताजा समाचार