Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

टेलिफोन सेवा गुणस्तरीय भएन, त्रिबेणिबासी आक्रोसित

जाजरकोट, २० मंसिर । गुणस्तरीय टेलिफोन सेवा दिन नसकेको भन्दै नेपाल टेलिकम प्रति जिल्लाका त्रिबेणि बासी आक्रोसित भएका छन् । सञ्चार सम्पर्क विहिन हुनुपरेपछि त्रिबेणिबासी नेपाल टेलिकम प्रति आक्रोसित भएका हुन् ।

त्रिबेणि नलगाड नगरपालिकाको रग्दा, भगवति ,खगेनकोटमा गुणस्तरीय टेलीफोन सेवा नहुदा त्रिबेणि नलगाड नगरपालिका बासीले निकै ठुलो सास्ती खेप्नु परिरहेको उप(स्वास्थ्य चौकी भगवतीकी अहेब कमला गुरुङले बताइन् । यो युगलाई सुचना संचारको युग भनिने गरिएको भएता पनि टेलिफोन सेवा प्रभावकारी नहुदा त्रिबेणि नलगाड नगरपालिकामा पहिलेको अबस्थामा रहन बाध्य हुनु परेको गुरुङको तर्क छ ।
घर–घरमा ईन्टरनेट र हात–हातमा टेलिफोन सेवा प्रवाह गर्ने नेपाल सरकारले घोषणा गरेको पनि धेरै बर्ष बितिसकेको छ तर नेपाल सरकारको नीति तथा कार्यक्रमले त्रिबेणि नलगाड नगरपालिकाकायि वडाहरुमा छुन सकेको छैन भन्दै स्थानिए प्रकाश शिंहले आक्रोश ब्यक्त गरे । काठमाण्डौंमा रहेको सिंहदरवार गाउँ–गाउँमै पुगेको भनिएको छ तर, भर्खरै गाउँमा आईपुगेको सिंहदरवार झोलामै घुमन्ते अबस्थामा गाउँमै डुलीरहेको छ, नागरिकका समयस्या जिउँका तिउँ छन सिंहले भने ।

त्रिबेणि नलगाड नगरपालिका साबिकका ३ वटा गाबिसहरुमा टेलिफोन सेवालाई गुणस्तरीय बनाउनका लागि स्काई फोन टावरमा आबश्यक पर्ने ब्याकप नहुँदा बेलुका गएको टावरको पर्खाईमा त्रिबेसणबासीले झण्डै १२ घण्टाको समय कुर्नु पर्छ रग्दाका समाजसेवी भिम बहादुर बानियाको भनाई रहेको छ । बेलुका गएको टावर कहिले काँही त विहान १२ बजेसम्म फोन टावर आएको हुँदैन १२ बजे टावर आए पनि साँझ ५ बजे जान्छ घाम लागे मात्र आउछ बादल लागे टावर नआउने बानियाले भने–“यति लामो समय सम्म सञ्चार सम्पर्क विहिन हुदा यो समयमा ठुला–ठुला दुर्घना भए पनि सहन हामी बाध्य भएका छौं । । मानव जीवन शैलीसंग जोडिएको सुचना सञ्चार जस्तो महत्वपुर्ण क्षेत्रमा सेवा प्रवाह गरिरहेको निकाय र राज्यले ध्यान दिनु पर्ने त्रिबेणि नलगाड नगरपालिका बासीको माग रहेको छ ।


ताजा समाचार