Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

मतादाता शिक्षा नपुग्दा मतदाताहरु परिचय पत्र लिन आएनन

 

बाँके,२० मंसिर । मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइए पनि बाँकेका अधिकांश ठाँउमा मतदाताहरु परिचय पत्र लिन नगएको पाइएको छ ।

तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप-क्षेत्रीय कार्यालय नेपालगंजले बुधबार डुडुवा गाँउपालिका अन्तरगतका वडाहरु र नेपालगंज उपमहानगर पालिका वडा नं. ६ मा मतदाताहरु परिचाय पत्र लिनेको संख्य अत्यधिक न्युन नरहेको पाइएको जनाएको छ । नेपालगंज वडा ६ हडियाबाबा मतदान केन्द्रमा २०८३ मतदाता रहे पनि हाल सम्म २०० जनाले मात्र परिचय पत्र लिएको मतदान अधिकृत मधुसुधन रेग्मीले बताउनु भयो ।

अधिकृत रेग्मीले फुल्टेक्रामा मतदाता शिक्षाको कमीका कारण मतदाताहरु परिचयपत्र लिन नआएको थर्ड एलायन्स संग जिकिर गर्नु भएको थियो । यस्तै डुडुवा गाँउपालिका वडा नं. २ को नेराप्रावि सन्तलियमा रहेको मतदान केन्द्रमा १२२८ मतदाता मध्य १३१ जनाले मात्र मतदाता परिचाय पत्र लिएको बताउनु भयो । मतदान अधिकृत कृष्ण बहादुर केसीले स्थानीय निर्वाचनमा परिचय पत्र लिइ सकेकाहरु पुन लिन नआएको बताउदै नयाँ मतदाताहरुमा निर्वाचन सम्बन्धी शिक्षाको कमीका कारण परिचय पत्र लिन नआएकोे बताउनु भयो । थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले मतदाता शिक्षा गाँउ सम्म पुग्न नसकेको कारण मतदाताहरु परिचय पत्र लिन नआएको निष्कर्ष निकाल्न्नु भयो ।

प्रमुख खानले सिमा नाका संग जोडिया वडाहरुलाई बिशेष ध्यानमा राखी शान्ति सुरक्षालाई मजबुत बनाई स्वतन्त्र र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न र मतदाताको अधिकारको संरक्षण गर्न सम्बन्धीत सबै संग अपिल गर्नु भयो । खानले संयमित र शान्तिपूर्ण ढङ्गबाट निर्वाचन प्रक्रिया अगाडि बढाउन राजनितिकदलहरुलाई समेत आग्रह गर्दै मतदाताहरुलाई निर्भयतापूर्वक आफनो मताधिकारको प्रयोग गर्न अपिल गर्नु भयो । निर्वाचनमा खटेका कर्मचारीहरुलाई निष्पक्ष भएर निर्वाचनमा खटन र मानव अधिकारको पूर्ण सम्मान गर्न थर्ड एलायन्सले अपिल गरेको छ ।

साथै निर्वाचनको समाचार संकलन गर्न खटिएका पत्रकारहरु, मानव अधिकारकर्मी,पर्यवेक्षकहरुलाई सहज रुपमा समाचार संकलन र अनुगमन गर्ने वातावरण बनाउन सम्बन्धीत पक्ष संग अपिल गरेको छ ।


ताजा समाचार