Loading... आजः शनिबार, कार्तिक ८, २०७७

मतदाता परिचयपत्र नभएपनि यसरी मतदान गर्न सकिन्छ


काठमाडौं । भोली हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा तपाँई संग परिचय पत्र नभएपनि मतदान गर्न पाउँनु हुने छ । मतदाता परिचयपत्र नभएपनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । तर तपाँईको मतदाता नामावलीमा नाम समावेश भएको हुनु पर्ने छ ।

मतदाता परिचाय पत्र हराएमा वा प्राप्त नभएमा नागरिकताको प्रमाण पत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएका परिचयपत्रका आधारमा मतदान गर्न पाइने भएको छ ।

आयोगले सरकारी निकायवाट जारी भएका जुनसुकै परिचय पत्रको अधारमा मतदाताले भोट हाल्न पाउने जनाएको हो । त्यस्तै २०७० सालमा आयोगबाट जारी भएको मतदाता परिचयपत्र भएपनि मतदान गर्न पाइने भएको छ ।

मतदाता नामावलीमा नाम समावेश भए मतदाताले यी परिचय पत्रका आधारमा मतदान गर्न कुनै रोकावट नहुने आयोगले जनाएको छ ।


ताजा समाचार