Loading... आजः बिहिबार, जेष्ठ १८, २०८०
Trending

स्वरोजगार बनाउन च्याउको बिउ वितरण गर्दै भेरी नगरपालिका

कृषकहरुलाई च्याउको बिउ वितरण गर्दै नगर उपप्रमुख भवना भण्डारी

जाजरकोट । नगर क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन भेरी नगरपालीकाले सक्रियता लिएको छ । नगरपालिकाले कृषकहरुलाई बिभिन्न बिउ बिजन बितरण गर्दै स्वरोजगार बनाउन प्रेरित गरिरहेको हो । उस्ले बिभिन्न मौसमि तथा व्यमौसमि तरकारीबालीका बिउ तथा यो सिजनमा हुने च्याउका बिउ बितरण गरिरहेको छ ।

यो मौसममा परालमा लगाइने कन्य च्याउको बिउ वितरण गरिरहेको हो । तिन हजार पोका च्याउको बिउ वितरण गर्ने लक्ष्य रहेको नगरपालिका अन्तरगतको कृषि उपशाखाका प्रास यज्ञ बहादुर अधिकारीले जानकारी दिनु भयो । पहिलो चरणमा ६ सय ५० पोका कन्य च्याउको विउ ल्याएर वितरण गरिरहेको उहाँले जानकारी दिनु भयो । व्यावसायिक च्याउ खेति गर्नका लागि कृषकहरुको मागका आधारमा च्याउको बिउ ल्याई वितरण भइरहेको छ ।

व्यावसायिक च्याउ खेति गर्ने कृषकहरुलाई बिउ वितरण संगै प्राविधिक सहयोग गरिरहेको प्रास अधिकारीले जानकारी दिनु भयो । नगरको कृषि उपशाखाले कृषकहरुलाई ७५ प्रतिसत अनुदानमा बिउ वितरण गरिरहेको जनाएको छ । नगर उपप्रमुख भवना भन्डारीको उपस्थितिमा मंगलबार देखि विउ वितरण गरिएको हो ।

त्यस्तै व्यमौसमी तरकारी उत्पादनमा प्रयोग हुने अनुदान सहितका प्लाष्टिक टनेल पनि वितरण गर्ने तयारीमा रहेको नगरपालिकाले जनाएको छ । कृषकहरुको मागको आधारमा प्लाष्टिक टनेल पनि ल्याइसकेको प्रास अधिकारीले जानकारी दिनु भयो ।

कन्ये च्याउ खेतीका लागि आवश्यक सामग्री

टनेल घर वा घाम नर्छिने कोठा, पराल, प्लाष्टिक झोला, (१६.२४,१८.२६) पराल काट्ने मेशिन, पराल भिजाउने ट्ङ्की, पराल बफाउने ड्रम,ओदान,दाउरा, सुतली,धागो,स्प्रिट,ढुसीनाशक विषादी, पानी छर्कने झरना आदी ।

यसरी उत्पादन गर्न सकिन्छ ।

पराललाई निर्म्लिकरण गर्ने । काटेके पराललाई पानिमा राम्ररी १६ देखि १८ घण्टासम्म डुबाएर राख्ने । त्यसपछि सो पराललाई पानीबाट सफा ठाउमा राखेर पानी तर्काउने । पानी तर्किसकेपछि पराललाई नबफाई कन पनि प्याकिङ गर्न सकिन्छ । अथवा उक्त पराललाई बफाएर प्याकिङ गर्दा अझ उत्तम हुन्छ । च्याउ बल प्याकिङ गर्नुभन्दा पहिले प्याकिङ गर्ने ब्यक्तिले सफासंग हात धुने र स्प्रीट कपासमा राखेर हात पुछ्ने । प्लाष्टिकको झोलालाई पनि कार्वन डिजिएम ५० प्रतिशत डब्लु पि प्रति लिटर पानीमा २ देखी ३ ग्राम राखेर प्लाष्टिकमा स्प्रे गर्ने ।

च्याउ राख्ने ठाउलाई राम्ररी सफा गर्ने र च्याउ राख्नु भन्दा ३ देखी ४ दिन अगाडी फर्मा्लिन ४० प्रतिशत र पोटासियम पर म्याग्नेटले फर्मिगेशन गर्ने । फमिगेशन गर्दा कोठा अथवा टनेल पुर्ण रुपमा हावा बाहिर नजाने गरी ढोका लगाई राख्नुपर्दछ । एक दुइ दिन सम्म कोठा बन्द गरेर छाड्ने । च्याउ राख्नुभन्दा एक दिन अगाडि कोठा अथवा टनेल खोल्ने ।

च्याउको पोका राखिसकेपछि प्रति लिटर पानीमा २ ग्राम कार्वनडिजिएम ५ देखि ७ दिनको फरकमा छर्ने । जब च्याउको प्लाष्टिक खोलिन्छ त्यसपछि स्प्रे नगर्ने । बाहिरबाट आएका मानिसहरुलाई फार्ममा प्रवेश नगराउने । यदि गरेमा छुट्टै एप्रोनको ब्यवस्था गर्ने । जसले गर्दा हावामा आउने ढुसी सर्न पाउदैन ।

च्याउमा स्प्रे गर्न पानी एकदमै सफा प्रयोग गर्ने । जसको पि एच ६ देखि ७ हुनुपर्दछ । पानीमा फलाम तत्व बढि भएमा च्याउ आउन ढिला हुन्छ । बफाउंदा जब ड्रम माथिको प्लाष्टिक फुल्छ तब आगो कम गर्ने र पराललाई २ घण्टा बफाउने । टनेल वा कोठा बाहिर हप्ताको एक पटक कार्बेनडिजिएम २ देखी ३ ग्राममा दरले स्प्रे गर्ने । परालको पोका राखेको करिब १ हप्ता पछि सेतो ढुसी राम्रो सँग फैलिए पछि प्लाष्टिकमा सियो,अथवा अन्य चुच्चो चिजले ठाउँ ठाउँमा प्वाल पार्ने । यसैबाट च्याउका पत्ताहरु बाहिर निश्कन्छन् ।


ताजा समाचार