बाँकेमा मतदाता परिचय पत्र वितरण शुरु
सरला सुबेदी
बाँके,१९ मंसिर । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण आजबाट सुरु भएको छ ।
मंसिर २१ गते हुने निर्वाचनका लागि बाँकेका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको क्षेत्रीय निर्वाच कार्यालय बाँकेले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार मंगलबार र बुधबार मतदाता परिचय पत्र वितरण गरिने छ ।
आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्रमा जानुपर्नेछ । आयोगका कर्मचारीहरुले परिचय पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिनेछन् ।
परिचयपत्र लिन जाँदा आफ्नो परिचय खुल्ने कुनै सरकारी कागजात वा स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र देखाउनुपर्ने छ ।
यसैगरी एउटै परिवारका सदस्यहरु लिन जान सम्भव नभए परिचय खुल्ने अन्य कुनै कागजात देखाएर आफ्नो घरका सदस्यको परिचय पत्र देखाएर ल्याउन सकिने आयोगले जनाएको छ।