Loading... आजः मङ्लबार, अशोज ५, २०७८

अत्यधिक चिसोले चुनावी गतिविधी प्रभावित, मतदान स्थलमका कर्मचारीलाई समस्या

दुर्गा वि.सी.
सल्यान । सोमवार देखि बढेको चिसोले देशैभरको जनजीवन प्राभावित बनाइरहेको छ । यतिवेला उच्च हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ । देशका ४५ जिल्लामा दोस्रो चरणमा यहि मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा समेत चिसोले प्रभाव पारेको छ । यतिवेला निर्वाचन स्थलमा खटेका कर्मचारीलाई काम गर्न समस्या भइरहेको छ । मतदाताहरुलाई पनि संबन्धित मतदान स्थालसम्मा पुगेर परिचय पत्र लिन समस्या भईरहेको । यस्तै चिसो २१ गते सम्म कायम रहेका यो निर्वाचनमा भोट समेत कमै मात्र खस्ने देखिन्छ ।

त्यस्तै सल्यानको पश्चिमी क्षेत्रमा अत्यधिक चिसोका कारण चुनावी गतिविधी प्रभावित भएका छन् । सवै मतदान स्थलहरुमा कर्मचारी खठि सकेता पनि मतदातान केन्द्रहरुमा मतदाता परिचय पत्र लिन जानेको संख्या निक्कै न्युन रहेको देखिन्छ । मंगलबार देखि मौषममा परिवर्तन भई घाम नलाग्दा अत्यधिक चिसो वढेको छ ।

उच्च भुभागमा रहेका मतदान केन्द्रका कर्मचारीहरु चिसोका कारण काम काज गर्न निक्कै समस्या भएको वताउने गरेका छन् । बन्गाड कुपिण्डे वडा १२ मा पर्ने सवै भन्दा उच्च भुभाग रहेको सिद्धेश्वरी मावि निगालचुला मतदान अधिकृत हरिजंग चन्दले अत्यधिक चिसोले काम गर्ने कर्मचारीमा कठिनाई भएको वताए ।

त्यसै गरि निगालचुलाको अर्को मतदान केन्द्र गोवराई दुरमखोलामा पनि अहिले सम्म परिचय पत्र कोहि पनि लिन नआएको जनाएको छ । गाउँघरमा चुनावी प्रचारमा खटिएका विभिन्न दलका कार्यकताहरु समेत चिसोले सताएको जनाउन थालेका छन् । बन्गाड कुपिण्डेकै वडा ८ कुपिण्डे, वडा ७ लेखसँग्रही,वडा २ र ३ को बामेका मतादान स्थलहरुमा समेत चिसोका कारण कर्मचारीलाई काम काज गर्न कठिनाई भएको जनाएको छ ।

साथै उक्त क्षेत्रका मतदान केन्द्रहरुमा पनि स्थानीय मतदाता परिचय लिन आउनेको संख्या निक्कै कम भएको जनाएको छ । २ दिन देखि घाम नलाग्दा यस क्षेत्रमा अत्यधिक चिसो वढेको छ । जस्ले गर्दा चुनावी गतिविधी देखि मतदान स्थलमा खटिएका कर्मचारीहरु समेतलाई चिसोले प्रभावित पारेको छ ।


ताजा समाचार