Loading... आजः शनिबार, कार्तिक ६, २०७८

स्वर सम्राट नारायणगोपालको २७ औं स्मृति दिवस मनाइदै (भिडियोः यो सम्झिने मन छ)

काठमाडौं । आज स्वर सम्राट स्वर्गीय नारायणगोपालको २७ औं स्मृति दिवस । उहाँको सम्झनामा आज बिभिन्न कार्यक्रम गरी यो स्मृति दिवस मनाईंदै छ । स्वर सम्राट नारायणगोपालले गाउँनु भएका ‘एउटा मान्छेको मायाले कति’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत आज पनि हामी गुनगुनाउने गर्दछौ ।

सुमधुर स्वरका धनी नारायण गोपालको जन्म काठमाडौंको किलागलमा विक्रम संवत १९९६ मा भएको थियो । नेपाली गित संगित नारायणगोपालको योगदानले आज यहाँ सम्म आइपुगेको छ ।

स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोत्कृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता थुप्रै पुरस्कार पाउनु भएको थियो ।

बागीना पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सञ्चार मन्त्रालयका सल्लाहकारसमेत रहेका स्वर सम्राट नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो ।

हेर्नुहोस यो भिडियोः यो सम्झिने मन छ, मा बिर्सु कसरि 


ताजा समाचार