Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

मतदान केन्द्रहरुमा मतदाता सामाग्रीहरु लिन सुरु

बाँके । पहिलो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन सम्पन्न भए पश्चात दोस्रो चरणको निर्बाचनका लागी बाँकेका प्रत्येक मतदान केन्द्रहरुमा मतदाता सामाग्रीहरु धमाधम लिन सुरु गरिएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय, बाँकेवाट जिल्लामा रहेका १३६ मतदान स्थल अन्तर्गत ३२७ मतदान केन्द्रहरूमा मतदान अधिकृतहरू लाई मतपेटिका, मतदाता नामावली, छेकावार, रवरम्याट, मतदाता परिचयपत्र लगायतका ६४ं प्रकारका निर्वाचन सामग्रीहरु सहित प्रत्येक निर्बाचन क्षेत्रमा निर्बाचन अधिकृत लगाएत सुरक्षाकर्मिहरु पठाईएको क्षेत्रिय निर्बाचा अधिकृत बसन्त अधिकारीले जानकारी दिनु भयो ।

क्षेत्रिय निर्बाचन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालयको समन्वयमा बाँकेमा दुई दिन देखि सुरु गरिएको निर्बाचन हस्तान्तरण कार्य अाज साझसम्म रहने छ । निर्बाचन सामाग्री ८ देखि १० जना को समुहको रोहबरमा लगिने अधिकारीले बताउनु भयो । आझै राती १२ बजे देखि मौन अबधी लागु हुने पनि उहाले बताउनु भयो ।

यस्तै १९ र २० गते निर्बाचन अधिकृतहरुले मतदाता परिचयपत्र बितरणको कार्य गरिने पनि उल्लेख गर्नुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेक बहादुर तामाङ्गले बाँकेमा निर्बाचन बिथोल्न खोज्नेलाई पक्राउ गरि कारबाही अगाडी बढाईएको पनि बताउनु भयो ।

निर्बाचनलाई लक्षित गरि आज राती १२ बजे देखि ७२ घण्टासम्मलाई अत्याबश्यक साधन बाहेक( एम्बुलेन्स, सरकारी पास भएक सवारी) नाका सिल गरिने पनि पनि उहाँले उल्लेख गर्नु भयो । निर्बाचनका समयमा कुनैपनि घटना भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली १० मिनेटमा पुग्न सक्ने गरि सुरक्षा योजना बनेको पनि तामाङ्गले बताउनु भयो र मतदातालाई डर, त्रास बिना आफ्नो मताधीकार प्रयोग गर्न पनि आग्रह गर्नुभयो । बाँकेमा खुल्ला नाकालाई मध्य नजर गर्दै औपचारीक नाका बाहेकका सम्पुर्ण अबैध नाकाहरुमा सुरक्षा कडा पारीएको पनि बताउनु भयो ।


ताजा समाचार