Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

अन्तिम दिन बाम गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न

कोहलपुर, १८ मंसिर  । संघ र प्रदेश सभाको निर्वाचन प्रचार प्रसारको आज अन्तिम दिन बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन लगाएत अन्य बिभिन्न पार्टीले आज बिभिन्न ठाउमा जुलुस सभा र र्‍याली निकालेको छ।

निर्वाचनलाई सभ्य र भव्य ढङ्गले सम्पन्न गरौ भन्दै आज बाँके क्षेत्र नम्बर १(२) मा बाम गठबन्धनले १७ वटा वडाका नेता कार्यकर्ता र उम्मेदवार सहितको बिशाल र्‍याली निकालेको छ । सबै वडा बाट आएको र्‍याली कोहलपुर को त्रिभुवन मा.वीमा जम्मा भैई सुरु गरेको र्‍याली कोहलपुर बजार, न्युरोड, दशबिगाहा, चौराहा, चपरगौडी हुँदै पुन न्युरोड चोकमा आएर कोणसभामा परिणत भएको छ। कोणसभा लाई सम्बोधन गर्दै प्रतिनिधी सभाका प्रत्यक्ष तर्फका उम्मेदवार महेश्वर गहतराज अथकले सर्वहारा बर्गको नेतृत्व गर्ने एकमात्र पार्टी बामगठबन्धन भएकोले एक पटक आफ्नो अमुल्य मत खेर नफाली सेवा गर्ने अवसर दिनु भन्दै आग्रह गरे।

कोणसभालाई सम्बोधन गर्दै अथकले कोहलपुरलाई पश्चिम नेपालको आधुनिक समृद्ध ट्रान्जिट शहरको रुपमा विकास गरिने,सन्चार ग्राम सहितको संचार मैत्री शहर, सपिङमल, सिटिहल, अन्तरास्ट्रिय क्रीकेट मैदान, स्टेडियम, व्यवस्थित शहर बनाउने प्रतिबद्धता राखे ।

यसैगरी कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभाकी उम्मेदवार आरती पौडेलले यस क्षेत्रलाई महिला मैत्री, अपाङ्ग मैत्री बनाउने, यस नगर क्षेत्र बाहिरका गाउँ वस्तिहरुमा व्यापक ग्रामीण वस्ति विकास योजना लागु गर्न आफ्नो र बाम गठबन्धनको पहिलो पहल रहने कुरा बताइन् । कोणसभामा नेपाली काङ्ग्रेसका दरिलो खम्बा,समाजसेवी तथा वडा कमिटिका सदस्य ललितमान वलि र राप्रपाका नेता स्थानिय तहको निर्वाचनमा कोहलपुर वडा नम्बर १० बाट वडा अध्यक्ष पदका उम्मेदवार शम्भु भट्टराई आज बामगठबन्धनमा प्रवेश गरेका छन् । बाम गठबन्धनले आज चुनावी प्रचारप्रसारको अन्तिम दिन राप्तिसोनारिको कुसुममा बृहत चुनावी सभाको साथसाथै कोहलपुर वडा नम्बर ५, २, ११, १० मा छुट्टाछुट्टै चुनावी टोल भेला र सभा गरेको निर्वाचन परिचालन संयोजक अब्दुल हुसेन खानले बताए।


ताजा समाचार