Loading... आजः आइतवार, अशोज ३, २०७८

गगन थापालाई भेट्न अस्पताल पुगेका राजन भट्टराईमाथि दुर्व्यवहार, इमरजेन्सीमा जानै नदिएर गरियो आक्रमण

काठमाडौं । कपनको ह्याण्डबल ग्राउण्डमा एमालेको अन्तिम चुनावी सभा चलिरहेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राख्दै हुनुहुन्थ्यो । त्यही बेला सूचना आयो, चपलीमा कांग्रेस नेता गगन थापालाई लक्षित गरी बम बिष्फोट भयो । थापासहित ९ जना घाइते भए । एकको अवस्था निकै गम्भीर छ । काठमाडौं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा एमाले नेता डा. राजन भट्टराईले सूचनाको भेरिफाइ गर्नुभयो, त्यसबेलासम्म ओलीको मन्तब्य सकिएको थियो ।

ओली सम्बोधन लगत्तै बाहिरिनु भयो । आफूसँग चुनावी प्रतिस्पर्धामा रहेका थापामाथि भएको आक्रमणको घटना बुझेर गगन थापालाई स्वास्थ्यलाभको कामना गर्न एमाले नेता भट्टराई उपचाररत त्रिबि शिक्षण अस्पताल पुग्नुभयो । चुनावी प्रतिस्पर्धा भुलेर भट्टराईले मानवीयता देखाउँदै गगन भेटन टिचिङ अस्पताल पुग्दा एमाले नेता भट्टराईले नसोचेको दृष्य देख्नुपर्यो । आततायी जत्थाले गरेको बम आक्रमणको निन्दा र भत्र्सना गर्दै थापा भेटन पुगेको भट्टराईमाथि उनकै कार्यकर्ताले आक्रमण गरे । आकस्मिक कक्षमा थापासहित अन्य घाइतेको उपचार भइरहेकोले भट्टराई भेटन जान खोजे । तर उहाँसहित सहयोगीमाथि थापाका कार्यकर्ताले एकाएक आक्रमण गरे ।

‘चुनावमा प्रतिस्पर्धा हुन्छ, दुवै नेता एक अर्काका प्रतिस्पर्धी हुन तर आक्रमणमा परी घाइते भएपछि चुनावी सभाबाट सिधै अस्पतालमा भेटन पुग्दा गगन थापाकै कार्यकर्ताले भट्टराईमाथि आक्रमण गरे, दुब्र्यवहार गरे, अनि संगै गएका सहयोगीमाथि मुक्का प्रहार भयो,’ सँगै रहेका भट्टराईका सहयोगीले भने । उनका अनुसार थापाका कार्यकर्ताले ताकेर भट्टराईको टाउकोमा प्रहार गरेका थिए, तर सो प्रहार निजी सहयोगीलाई लागेको थियो ।

आफ्नै दलका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र गृहमन्त्री रहेको बेला बम बिष्फोटमा परी घाइते भएको यथार्थ छोप्दै कांग्रेस कार्यकर्ताले भट्टराईलाई किन आइस मु…………… भन्दै आक्रमण गरेका थिए । यसैबीच काठमाडौं ४ का उम्मेदवार भट्टराईले बम बिष्फोटको निन्दा र भत्र्सना गर्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल बनेको प्रमाणका रुपमा चपली घटना भएको बताउनु भएको छ ।

‘यो कायरतापुर्ण आक्रमण हो, हामी लोकतन्त्रमा बिश्वास गर्नेहरुमाथिको प्रहार हो, राजधानीमै यस्तो आक्रमण हुनु सरकारको निकम्मापनको पराकाष्टा हो,’ काठमाडौं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भट्टराईले भन्नुभयो । उहाँले यस्ता कायरतापुर्ण आक्रमण नदोहोर्याउन र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकारलाई पुनः आग्रहसमेत गर्नुभयो ।


ताजा समाचार