Loading... आजः सोमवार, कार्तिक १०, २०७७

गगनलाई ताकेरै बम हानिएको रहस्य खुल्यो, केही सेकेन्डले बाँचे


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं काडमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापालाई लक्षित गरी बम प्रहार भएको छ ।

चुनाव प्रचारका क्रममा भङगल चपलीहाइटमा पुगेका बेला बम प्रहार भएको हो । बमको छर्राबाट थापाको ढाडमा गम्भीर चोट लागेको छ । थापासहित केही घाइते सामान्य उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् । केही घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

ती मध्ये चारको अवस्था गम्भीर छ । प्रत्यक्षदर्शीका अनुसार हिँडिरहेका थापालाई नै लक्षित गरी बम प्रहार भएको थियो । केही सेकेन्ड छिटो हिँडेका कारण बाँचेका हुन् । बम बिस्फोटमा घाइतेभई ढलेकालाई थापाले रुदै उठाएका थिए ।

बम विस्फोटपछि भङ्गालमा दुईवटा घरका शिशा फुटेका छन् । घटनापछि शिक्षण अस्पतालमा कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थिति छ । अस्पतालमा सुरक्षा पनि कडा बनाइएको थियो ।

अज्ञात व्यक्तिले रिमोटको प्रयोग गरी बम प्रहार गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी जयबहादुर चन्दका अनुसार घटनामा संलग्नको खोजी तीब्र बनाइएको छ । जनता समाचार अनलाइनमा समाचार छ ।


ताजा समाचार