Loading... आजः सोमवार, कार्तिक १०, २०७७

बम विस्फोट हुँदा गगन थापा घाइते, शिक्षण अस्पतालमा उपचार हुदैँ


काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा काठमाडौं ४ का उम्मेदवार थापा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । विस्फोटमा परि अरु पनि घाइते भएका छन् । बिस्फोट हुदा थापालाई बमको छर्रा लागेको हो ।

बिस्फोटमा परि थापाले आफू मुस्लिकले बचेको बताए । विस्फोटमा थापासहित १० जना घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।


ताजा समाचार