Loading... आजः मङ्लबार, कार्तिक ११, २०७७

सुगम नगरपालिकाको दुर्गम वडामा आज बामगठबन्धनका उम्मेदवार


कोहलपुर, १७ मंसिर । चुनावी अभियान अन्तरगत आज बाम गठबन्धनले कोहलपुर नगरपालिकाको वडा नम्बर ७ रजगडवामा घरदैलो अभियान सङ्गै र्‍याली तथा कोणसभा सम्पन्न गरेको छ।

नगरपालिका घोषणा भएसङ्गै नगर भित्रका सबै बाटो ग्राभेल पिच हुनुपर्ने तर रजगडवामा आज सम्म त्यहाको बाटो बन्न सकेको छैन खोला तर्न पूल छैन अब त्यस ठाउको बिकासको लागी सबै बाम एकै ठाम भएको त्यस वडाका सयोजक उमेश गुरागाईले बताए।

बाम गठबन्धन का तर्फबाट बाके क्षेत्र नम्बर १ (ख )का प्रदेश सभा का उमेदवार कमरेड आरती पौडेलले आफु निर्बाचित भएमा यस क्षेत्रको बिकास निर्माण को कार्यक्रमलाइ प्रमुख प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गरिन।

आजै अन्तरास्ट्रिय अपाङ्ग दिवसको अवसरमा कोहलपुर मा गरिएको एक कार्यक्रमका माझ यस क्षेत्रलाई अपाङ्ग मैत्री बनाउने र हरेक सरकारी निकायमा अपाङ्ग कार्य कक्ष बनाउने र अपाङ्ग भत्ता कम्तिमा पाँच हजार बनाउन आफ्नो पहिलो प्रयास रहने कुरा बताइन् ।

त्यसैगरी बाम गठबन्धन का तर्फबाट प्रदेश तर्फका समानुपातिक उम्मेदवार मन्जु कोइरालाले कोहलपुर नगरपालिका अन्तर्गत विभिन्न वडाहरुका कार्यक्रममा सम्बोधन गरेकी छिन । आफु लामो समय स्वास्थ सेवामा काम गरेकाले यस क्षेत्रमा रहेका स्वास्थ सम्बन्धि समस्या समाधानको लागी कृयाशिल भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन । आज बाम गठबन्धनले कोहलपुरको वडा नम्बर ४ गोवा, वडा नम्बर २ बर्दहवा, वडा नम्बर ११ को लोकनगरमा बिभिन्न सास्कृतिक कार्यक्रम सहित घरदैलो, र्‍याली र चुनावी कोणसभा सम्पन्न गरेको निर्वाचन परिचालन सयोजक अब्दुल हुसेन खानले बताए।


ताजा समाचार