Loading... आजः शनिबार, कार्तिक ८, २०७७

श्रीलंकाविरुद्ध विराट कोहलीको दोहोरो सतक

काठमाडौं । भारतका क्रिकेटर विराट कोहलीले श्रीलंकासँगको तेश्रो टेष्ट क्रिकेटमा दोहोरो शतक बनाएका छन् । भारतीय क्रिकेट कप्तान कोहलीले यो वर्ष तेश्रो चोटी दोहोरो शतक बनाएका हुन् । यो संगै उनको समग्रमा यो छैटौं दोहोरो शतक हो ।

दिल्लीमा भएको श्रीलंकासँगको खेलमा उनले २ सय ३८ बलमा दोहोरो शतक पूरा गरेका हुन् । २९ वर्षे कोहलीले श्रीलंकासँगको यो टेष्टको पहिलो दिन ५ हजार रन पूरा गरेका थिए ।

उनको अहिलेसम्मको उच्च स्कोर २ सय ३५ हो । सन् २०११ मा वेष्ट इण्डिजसँगको टेष्टमा डेब्यु गरेका उनले योसहित भारतका लागि ६४ टेष्ट खेलेका छन् । उनले २० शतक र १४ अर्धशतक पूरा गरेका छन् ।


ताजा समाचार