Loading... आजः बुधबार, कार्तिक १२, २०७७

नेपालमा भित्रियो आइफोट टेन, यस्ता छन बिशेषता

 

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले डिसेम्बर १ तारिख शुक्रबारदेखि आइफोन टेन सार्वजनिक गरेको छ । कम्पनीमा नेपालमा एप्पल आइफोन तथा एप्पलका उत्पादन म्याकबुक्स, आइप्याड, आइम्याक बिक्री गरिरहेको छ ।

आइफोन टेन नेपाली बजारमा ६४ जिबी र २५६ जिबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । आइफोन टेन खरिद गर्ने एकजना भाग्यशालीले ६ महिना अवधिसम्म लक्की ड्रमार्फत स्कुटर जित्न सक्नेछन् । अफरमा सहभागी हुन ग्राहकले जेननेक्स्टको वेबसाइटमा आइएमइआई नम्बर दर्ता गर्नुपर्नेछ ।

 

कम्पनीले सक्कली भ्याट बिल तथा एप्पलका उत्पादनमा १ वर्षको वारेन्टीका लागि ग्राहकलाई आधिकारिक च्यानलबाट मात्र मोबाइल खरिद गर्न आग्रह गरेको छ ।

इभो स्टोर, ओलिज, फ्युचर वल्र्ड, आइस्टोर (राइजिङ मल), क्विालिटी कम्प्युटर (बिर्तामोड),कम्प्युटर सेल्स सेन्टर (बुटवल), आरपिएल ग्रुप (बिर्तामोड), न्यु एटुजेट मोबाइल हाउस (नारायणगढ)मा कम्पनीका आधिकारिक डिलर रहेका छन् ।

ग्राहकले खरिद गरेको एप्पल उत्पादन आधिकारिक भए–नभएको सम्बन्धमा जानकारी लिन कम्पनीको वेबसाइट लिंक वा एप्पल आइफोनको सिरियल नम्बर अथवा आइएमइआई नम्बर राखेर जाँच्न सकिने कम्पनीको भनाइ छ ।

कम्पनीले सक्कली भ्याट बिल तथा एप्पलका उत्पादनमा १ वर्षको वारेन्टीका लागि ग्राहकलाई आधिकारिक च्यानलबाट मात्र मोबाइल खरिद गर्न आग्रह गरेको छ


ताजा समाचार