Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

किरात समुदायको महान पर्व उद्यौली धुलधामले मनाइदै


काठमाडौं । हरेक वर्ष मंसिर पूर्णिमादेखि सुरु हुने किरात समुदायको महान पर्व उद्यौली आज धुलधाम गरि मनाउँदैछन् । यो वर्प बिशेषगरि अन्नबाली भित्र्याइएको खुशीयालीमा धुलधामका सथा मनाउने गरिन्छ ।

साथै मानिस, जनावर तथा चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा पनि यो उद्योली पर्वलाई लिइन्छ । उधौली पर्वलाई लिम्बुहरु समुदायका मानिसहरुले चासोक तङनाम, किरात राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् ।

त्यसैगरी आजै नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पुजा गर्ने चलन छ । आजको दिनलाई लक्ष्मी पुजाको रुपमा पनि मनाउने गरिन्छ । यसरी पुजा गरेमा वर्षभरि अन्न अभाव नहुने विश्वास छ ।

जाडोमा मास र चाकु लगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । काठमाडौं उपत्यकाका नेवार समुदायले चारसय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । आजै काठमाडौंका ज्यापू समुदायले १४ औ राष्ट्रिय ज्यापू दिवस मनाउँदैछन् ।


ताजा समाचार