Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

हरितनगर हाम्रो अभियान


कोहलपुर । हरित नगर हाम्रो अभियान भन्दै कोहलपुर नगरपालिकाले शनिवार बृक्षारोपण कार्यक्रम गरेको छ। कोहलपुर नगरपालिका र स्वतन्त्र बिद्यार्थी युनियन बागेश्वरी बहुमुखी पब्लिक क्यापसको ब्यवस्थापनमा कार्यक्रम भएको हो।

क्यापस हाता भित्र प्रमुख अतिथी नगरप्रमुख लुटबहादुर रावतको हातबाट बिरुवा रोपि सुरुवात गरिएको थियो। बृक्षारोपण कार्यक्रम ले हरित कोहलपुर नगरपालिका कार्यक्रमलाई टेवा लिने बिश्वास ब्यक्त गरेको स्वबियु सह-सचिब सुमन घिमिरे ले जानकारि गराए ।

अहिले नगरपालिकाले कोहलपुर नगरिलाई हरित सफा स्वच्छ र सुन्दर बनाउनको लागी सरसफाई र वृक्षारोपण कार्यक्रमलाई पहिलो प्रथमिकतामा राखेको कुरा प्रमुख अतिथी नगरप्रमुख रावतले बताए। यसै गरि कार्यक्रमका अध्यक्ष दिनेश केसिले क्याम्पस हाता भित्र फराकिलो मात्रामा जमिन खाली रहेको र उजाड उजाड देखिने भएकोले स्वच्च हावा लिन र क्याम्पसलाई हरियाली बनाउन बृक्षारोपण गर्न आवस्यक रहेको बताए।


ताजा समाचार