Loading... आजः सोमवार, कार्तिक १०, २०७७

सल्यानमा मन्त्री बस्नेतको कोठा नजिक बम फेला, स्थानीय त्रसित

मंसिर १६, सल्यान । विना विभागीय मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा बाम गठबन्धनबाट सल्यानमा प्रतिनिधि सभाका उमेदार टेक बहादुर बस्नेतको कोठ नजिकै बम फेला परेको छ ।

चुनावी अभियानका बेला उनि बस्दै आएको सल्यान श्रीनगरको कोठा नजिकै आज विहान सुतली बम फेला परेको हो । बम देखिए सँगै स्थानीयहरु त्रासित हुदै प्रहरीलाई खबर गरेपछि नेपाली सेनाको टोलीले दिउसो साढे १ बजे बम निष्कृय गरेको हो । बम बाट कुनै क्षेती नभएको र बम कसले राखेको हो भन्ने पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्ष भरत विकले बताए ।

पछिल्लो समय देशभरी नै बम विस्फोटका घटणाहरु घटिरहदाँ आम नागरीकहरु त्रसित भएका छन् । यता सल्यान श्रीनगरमा आज बम देखापरेपछि स्थानीयहरु त्रसित हुदै मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा कसैले बम हान्छ कि भनेर भोट हाल्न जानपनि गारो भएको बताएका छन् ।

लेकाली अनलाइनबाट


ताजा समाचार