Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

जाजरकोटमा धान उत्पादन घट्दो

जिल्लाको सवै भन्दा वढी धान उत्पादन हुने खलंगाको होलुजिउलामा यस वर्ष फलेको धान ।       तस्वीर —जनक केसी

जाजरकोट, मंसिर १४ । जाजरकोटमा विगत वर्षहरुको तुलनामा धान उत्पादन घट्दै गएको पाइएको छ ।

जलवायु परिवर्तन, सिचाइ सेवाको अभाव र आधुनिक कृषि प्रणालीको अभावमा जिल्लामा धान उत्पादन वर्षेनी घट्दै गएको हो । गत ५ वर्षमा जिल्लामा गरिएको धान खेतीको अवस्थालाइ हेर्दा वर्षेनी धान उत्पादन घट्दै गएको पाइएको हो ।५ वर्ष अघि १० हजार चार सय ३ मेट्रिक टन फलेको धान यस वर्ष भने घटेर ७ हजार ३ सय ७८ मेट्रिक टन मात्र फलेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धान खेती गरिने जमिनको क्षेत्रफल घट्दै उत्पादन पनि घट्दै गएको हो ।

५ वर्ष अघि २०६९ सालमा चार हजार १५ हेक्टर जमिनमा खेती गर्दा १० हजार चार सय तीन मेट्रिक टन धान फलेको र यस वर्ष २ हजार पाँच सय ६२ हेक्टर जमिनमा धान खेती गरिएको थियो । गत ५ वर्षमा जिल्लामा गरिएको धान खेतीको अवस्था हेर्दा प्रत्यक वर्ष उत्पादन घट्दो क्रममा देखिन्छ । २०६९ सालमा १० हजार मेट्रिक टन धान फलेको जाजरकोटमा २०७० सालमा भने ६ हजार एक सय ८० मेट्रिक टन धान फलेको थियो जति वेला ३ हजार ६२ हेक्टर जमिनमा धान खेती गरिएको थियो । त्यस्तै २०७१मा ३ हजार ६३ हेक्टरमा गरिएको खेतीवाट ६ हजार १ सय ९७ मेट्रिक टन धान फलेको थियो ।

त्यस्तै २०७२मा तीन हजार ६३ हेक्टर जमिनमै गरिएको खेतीवाट ९ हजार ९ सय ७१ मेट्रिक टन धान फलेको थियो । गत वर्ष अर्थात २०७३ मा २ हजार ५ सय ६३ हेक्टरमा गरिएको खेतीवाट ७ हजार ३ सय ९१ मेट्रिक टन धान फलेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा. श्रीराम घिमिरेले वताए । उनले जलवायु परिवर्तनको असर र धान खेतीमा किसानहरुको मेहनत तथा लगानी घट्दै गएका कारण उत्पादन पनि घट्दै गएको वताए । धान उत्पादनका लागि जिल्लाको सदरमुकाम खलंगाको होलुजिउला, कालेगाउँ,जगतिपुरको कुदु, खगेनकोटको दल्ली, कार्कीगाउँको मनघाट मुख्य छन् भने लहँ, डाडागाउँ, झाप्रा, भुर पुन्मा सिमा र ढिमेमा पनि धान खेती गर्ने गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जाजरकोटको कुल क्षेत्र फल २ लाख २२ हजार २ सय ८१ हेक्टर जमिन मध्य ३७ हजार २ सय ९ हेक्टरमा मात्र खेती गर्ने गरिएको भएपनि जिल्लाको खेती योग्य जमिन २५ हजार ३ सय ८४ हेक्टर रहेको छ भने खेती भने १६ हजार ६ सय ९८ हेक्टरमा मात्र गरिएको छ । त्यस्तै १ लाख ८४ हजार ८ सय २० हेक्टर जमिन जंगलले ढाकिएको छ भने २ सय ५२ हेक्टर जमिन खोला नदी, तालहरुले ढाकेका छन् । आधुनिक कृषि प्रणालीको अभाव र उचित प्रविधिको साथ नपाउदा दुख अनुसारको धान उत्पादन गर्न गाह्रो भएको भेरी नगरपालिका १ कालेगाउँका किसान भद्रवहादुर वटालाले वताए । उनले किसानहरुले व्यावसायिक्ता नअपनाउनु र नयाँ सिपको प्रयोग गर्न नसकेका कारण चाहे जति धान उत्पादन वढाउन नसकिएको वताए ।

जिल्लामा खेती उत्पादनको मुख्य समस्याको रुपमा रहेको सिचाइको सुविधाले वाह्रै महिना भने ४ हजार ९ सय ७१ हेक्टर जमिन मात्र पुग्ने गरेको छ भने खेती योग्य जमिन मध्य ८ हजार ७ सय ८९.७ हेक्टर जमिनमा सिचाइ पुग्न सकेको छैन भने वर्षातका वेला आकासे पानीले सिचाइ हुने जमिन २ हजार ९ सय ४२.७ हेक्टर रहेको कृषि विकास कार्यालयले जनाएको छ ।


ताजा समाचार