Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

क्रिकेटर क्षेत्री नेपालगन्जमा सम्मानित

बाँके, १५ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी महेश क्षेत्री नेपालगन्ज स्पोर्ट्स अनरबाट सम्मानित भएका छन् । शुक्रबार एक कार्यक्रमका बिच क्रिएटिभ ह्यान्डसले क्षेत्रीलाई सम्मान गरेको हो।

सुजुकी स्विस स्कुटर सहित सम्मान ग्रहण गर्ने क्रममा क्षेत्रीले यो आफ्नो क्रिकेट करिअरको ठूलो सम्मान भएको बताएका छन्। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट, क्रिएटिभ ह्यान्डस्का अध्यक्ष टीएस ठकुरी लगायतले क्षेत्रीलाई सम्मान गरेका थिए ।

फाइल फाेटाे

सम्मान कार्यक्रममा बाेल्दै उनले आफूले करिअरमा निकै संघर्ष गर्नुपरेको र सम्मानित हुन पाउँदा क्रिकेटमा अझै दत्तचित्त भएर लाग्न प्रेरणा मिलेको बताए । हाल आर्मी क्लबबाट खेलिरहेका क्षेत्रीले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने समेत विश्वास व्यक्त गरे।

नेपालगन्जमा जन्मिएका क्षेत्रीले सन् २००५ मा मलेसियामा भएको एसिसि ट्रफीबाट नेपाली राष्ट्रिय क्रिकेट टोलिमा डेब्यु गरेका थिए। त्यसअघि उनले सन् २००२ मा नेपाली यु–१५ र सन् २००६ मा यु–१९ टोलिमा डेब्यु गरेका थिए।


ताजा समाचार