Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

एउटा फेल नेताले देशलाई फेल गर्न सक्छ पास गर्न सक्दैन: रञ्जु दर्शना

बाँके, १५ मंसिर । बिबेक शिल शाझा पार्टी बाँके शाखाले आयेजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै रञ्जु दर्शनाले एउटा फेल भएकाे नेताले कहिले पनि देशलाई पास गराउन नसक्नेे बताएकी छिन् ।

हामीले यति समय लगायौकी नेताहरुलाई पास बनाउन तर त्यति बेला सम्म एउटा बच्चा हुर्केेर  एस.एल.सी नै दिई सक्ने ब्यांग्या गर्दै फेल भएका नेतालाई जनताले पछाडीबाट धकलेको धकेलै गरेको उनले बताईन ।  समय अतिनै चुनौती पुर्ण र सम्बेदनशिल घडीमा रहेका कारण हामीले हाम्रो देशलाई पास बनाउने की फेल बनाउने । हामीले देशलाई पास बनाउनकालागी कहिले देखि पाईला टेक्ने, पाईला टेक्ने भन्दा भन्दै आफु उम्मेदवार भएको बताईन । यस्तै उनले आफु जन्मन्नुु भन्दा देखी प्रधानमन्त्रि भएका अहिले पनि ज्योतीसीलाई हात देखाएर सात पल्ट प्रधानमन्त्रि बन्ने बताउदा आफु हासो उठेर आएको बताईन ।

बिबेकशिल साझा पार्टीले चाहेको राजनितीमा यूवा कहिलेपनि बिमुख नभएको र यूवा र राजनिती संगसंगै हिड्नु पर्दछ । जब जब राजनिती र यूवा भिन्न भिन्न पाटा भएर हिड्न थाल्दछन यहा अचम्मको गोलमाल, तालमेल र गठबन्धन हुन्छ । त्यो गठबन्धनले देशलाई धरासायी स्थितीमा पुर्याउने बाहेक अरुकुनै पनि काम नगर्ने बताईन । कहि पनि लिखित रुपमा गठबन्धन नभएको उल्लेख गरिन । तर सरकार गठबन्धनकै थियो आज देश कुन स्थितीमा पुगेको छ । देश अहिले भिरबाट खस्न लागेको अबस्थामा रहेको समेत उल्लेख गरिन ।

यस्तै कार्यक्रममा बिबेक शिल साझा पार्टीका बाँके जिल्लाका उम्मेदवारहरु पनि उपस्थित कार्यक्रममा बाँके क्षेत्र नं. २ का प्रदेश सभाका उम्मेदवार बिनोद कर्णले पनि उफ्नो मन्तब्य राखेका थिय । उनले आफुले नै जसरी क्लिन नेपालगन्जको सुरुवात गरेको र यसरी नै आफ्नै पालामा समृद्ध नेपालगन्जको स्थापना गर्ने बताए । कार्यक्रममा बिभिन्न दलका ब्यक्ति, नागरीक समाजका अगुवा लगाएत यूवा बर्गको उल्लेखिय उपस्थिती रहेको थियो ।


ताजा समाचार