Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

सानातिना घटनाबाट सरकार बिचलित हुदैन: प्रधानमन्त्री देउवा


धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले सानातिना विस्फोटका घटनाबाट सरकार विचलित नहुने बताएका छन् । निर्वाचन केन्द्रित देशका विभिन्न ठाउँमा भइरहेको बम विस्फोटका घटना निन्दनीय भएको भन्दै त्यस्ता घटनाबाट सरकार विचलित नहुने बताएका हुन् ।

शुक्रबार धनगढीमा संचारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले कतिपय स्थानमा विस्फोटका घटना घटाउनेलाई पक्राउ गरिसकेका जानकारी दिए ।

यस्ता अराजक तत्वलाई सरकारले कुनै पनि हालतमा नछोड्ने देउवाको प्रतिबद्धता समेत व्यक्त गरे । निर्धक्क भएर मतदान गर्न मतदाताहरुलाई उनले आग्रह गरेका छन् । देउवाले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी समेत गरे ।


ताजा समाचार