Loading... आजः बुधबार, कार्तिक ५, २०७७

पाकिस्तानको पेशावरमा चरमपन्थी हमला, ११ को मृत्यु

काठमाडौँ– पाकिस्तानको पेशावरस्थित एग्रीकल्चर प्रशिक्षण इस्टीट्युटमा बन्धुकधारी चरमपन्थीहरुले हमला गर्दा ११ जनाको ज्यान जानुका साथै ९ जना घाईते भएका छन् ।

शुक्रबार बिहानै भएको हमलाको जिम्मेवारी अझैसम्म कसैले लिई नसकेको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

घटनापछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानियलाई उद्धृतगर्दै पाकिस्तानी संचारमाध्यमहरुले इस्टीट्युटमा विदा भएका कारण घटनामा मारिनेको संख्या कम भएको उल्लेख गरेका छन् ।

पेशावर शहर अफगानिस्तानको नजिक रहेका कारण त्यहाँ अफगानिस्तानी चरमपन्थीहरुको हमला गएको केही बर्ष यता बढेको सुरक्षा विशेषज्ञहरुले जनाएका छन् ।

स्थानियका अनुसार चरमपन्थीहरुले आए लगत्तै अन्धाधुन्ध गोली हान्न थालेको बताएका छन् ।

पेशावर शहरका प्रहरी प्रमुख ताहिर खानले रोयटर्सलाई दिएको जानकारी अनुसार प्रहरी र कमाण्डोले क्याम्पसलाई पुरै नियन्त्रणमा लिइसकेका छन् ।

सन् २०१४ मा पेशावरको आर्मी पब्लिक स्कूलमा भएको हमला १३२ जना बालबालिकाहरु मारिएका थिए भने सन् २०१६ मा बच्चा खान विश्वविद्यालयका २१ विद्यार्थी र कर्मचारी मारिएका थिए ।

एजेन्सी


ताजा समाचार