Loading... आजः आइतवार, अशोज ३, २०७८

आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै


काठमाडौं । विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी एड्स दिवस मनाइँदैछ । दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले शुक्रराज ट्रपिकल अस्पताल टेकू, परिसरका रेड रिबन पार्क स्थानपना गरेको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआईभी एड्स संक्रमितको संख्या ३२ हजार ७ सय ३५ रहेको जनाएको छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको केन्द्रले जनाएको छ ।

केन्द्रका निर्देशक डा.विकास लामिछानेका अनुसार २० हजार २ सय ३२ पुरुष र १२ हजार ५३ महिला एचआइभी संक्रमित छन् । सन २००५ देखी १६ सम्ममा विश्वव्यापी रुपमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या ४८ प्रतिशतले कमी आएको छ । नेपालमा पनि आशातीत रुपमा नयाँ संक्रमितको संख्यासँगै मृत्युदर पनि घटेको छ । जनता समाचारमा खवर छ

एचआईभी एड्ससम्बन्धी जनचेतना जगाउने, एड्सविरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ ।


ताजा समाचार