Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

मध्यराति गाउँपालिकाको सामान स्थानियको कब्जामा

जाजरकोट । गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति असहमति जनाउँदै जाजरकोटको कुशे गाउँपालिकाका स्थानियले कार्यालयको सामान कव्जा गरेका छन् । कुशे गाउँपालिकाका चार वटा वडाका स्थानियले बिहीबार मध्यराति कार्यालयका सवै सामान कव्जा गरेका हुन् ।

हाल कार्यसंचालनको लागि वडा नम्बर ६ स्थित बाटुलेमा रहेको कार्यालयमा वडा नम्बर ५ का वडाअध्यक्ष लक्ष्मण सिंहको नेतृत्वमा गएको ३०÷३५ जना स्थानियको समुहले सामान कव्जा गरेको स्थानिय डिल्लि बहादुर थापाले बताए । गत कात्तिक ३० गते बसेको गाउँसभाको बैठकले गाउँपालिकाको केन्द्र वडा नम्बर ६ को भार्म थर्पु सार्ने निर्णय गरेको थियो ।

उक्त निर्णयप्रति वडानम्बर ५,७,८,९ र १ का जनप्रतिनिधि तथा स्थानियले बिरोध जनाउदै ढिमेको मालुमेलामा केन्द्र राख्नु पर्ने माग गर्दै आएका छन् । मान्छेको बस्ति नभएको र अधिकाँस स्थानियलाई अपाइक पर्ने ठाउँमा केन्द्र राखेको भन्दै बिरोध स्वरुप कार्यालयको सामान नियन्त्रणमा लिएको ५ नम्बर वडाका अध्यक्ष लक्ष्मण सिंहले बताए ।

असन्तुष्ट वडाका जनप्रतिनिधिहरुलाई समेत झुक्याएर केन्द्र सार्ने निर्णय गरिएकोले यो निर्णय सच्याउनु पर्ने स्थानियले माग गरेका छन् । सामान कब्जा गर्ने स्थानीय वासिन्दासँग सामान फिर्ता गर्ने विषयमा छलफलगर्ने गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । ’यदि नमानेमा कानुनी उपचारको पहल गर्छौं’ उनले भने ’दुई तिहाई भन्दा बढीले निर्णय कुरा उनीहरुले पनि मान्नुपर्छ ।’


ताजा समाचार