Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

चार थान सुतली बम सहित काँग्रेसका जनप्रतिनिधि पक्राउ

फाइल तस्बिर

गुल्मी । प्रतिनिधि तथा प्रदेशसभाको चुनाव नजिकिदै गर्दा ठुलो परिणाममा बिस्फोटक पदार्थ सहित काँग्रेसका जनप्रतिनिधि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले काँग्रेसको तर्फबाट रेसुंगा नगरपालिका ८ का निर्वाचित वडा सदस्य तारा श्रीसलाई बिस्फोटक पदार्थ सहित पक्राउ गरेको हो ।

श्रीसको साथबाट ४ थान सुतली बम, ३३ थान एक्सपोलसिभ डेटोनेटर, १ किलो बारुद सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ बरामद गरेको गुल्मिका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

मोटरसाइकलमा सवार श्रीसलाई रेसुंगा नगरपालिका २ को चेकप्वाइन्टमा चेकजाँच गर्दा उक्त परिणाम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यसको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ताजा समाचार