काँग्रेसको सभालाई लक्षित गरि फेरी बम बिस्फोट, चार जना घाइते

इटहरी । काँग्रेसको सभालाई लक्षित गरेर सुनसरीको इटहरीमा बिहीबार बिहान बम विष्फोट भएको छ । बम बिस्फोट हुँदा चार जना घाइते भएका छन् ।
इटहरीस्थित भलाद्मी टोलमा भएको विष्फोटमा परी सम्रिना अधिकारी, कुमारी कटुवाल, धनबहादुर श्रेष्ठ र योमन न्यौपाने घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
विष्फोट कसले गरायो भन्ने नखुलेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि इटहरीस्थित सामुदायिक अस्पताल लगिएको छ । सुतली बम बिस्फोट भएको बताइएको छ ।