Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

कोहलपुरलाई पश्चिम नेपालको आधुनिक शहर बनाउने प्रतिबद्धता

कोहलपुर, १३ मंसिर  । प्रदेश सभाकी उम्मेदवार आरती पौडेलले कोहलपुरलाई पश्चिम नेपालको आधुनिक समृद्द ट्रान्जिट शहरको रुपमा बिकास गर्न, सन्चार ग्राम सहितको सन्चार मैत्री शहर बनाउनको लागी बाम गठबन्धनका उम्मेदवार लाई मतदान गरि जिताउन आग्रह गरेकी छिन् ।

बुधबार कोहलपुर वडा नम्बर १२ मा गरिएको चुनावि सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले कोहलपुर चौराह देखि रोहिणी बजार सम्मको राजमार्ग स्तरोन्नति गरि ४ लेनमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

यस्तै आजै राप्तीसोनारी वडा नम्बर ८ ओभरिमा गरिएको घरदैलोमा यस वडामा आन्तरिक तथा वाह्य पर्यटनको लागि पूर्वाधार विकास, बजेट होमस्टे आदि निर्माण गरिने छ भन्दै जनतामाझ बाम गठन्धनलाई जिताऔ भन्दै मत मागेकी छिन् ।

चुनावी अभियान अन्तरगत आज नरैनापुरका विभिन्न वडाहरुमा प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवार महेश्वर गहतराज अथक जनता माझ जादा जनताले हजुरको उम्मेदवारि बाम गठबन्धनबाट किन भनेर त्यहाका जनताले प्रश्न गर्दा प्रतिनिधी सभाका उम्मेदवार अथकले यस नरैनापुर गाउलाई सामाजिक सद्द्भावयुक्त गाउँपालिकाको रुपमा विकास गर्न,डुवान मुक्तग्रामिण वस्ती विकास तथा कृषिमा आधुनिकिकरण गर्न, डुवानमुक्त वस्ती तथा गरिब आवास कार्यक्रम लागु गरि सुधारिएका नमुना गाउहरुको विकास गर्नको लागी मेरो उम्मेदवारि बाम गठबन्धनबाट भएको हो भन्दै जनताको घरदैलोमा पुगेका थिए ।

घरदैलो कार्यक्रममा प्रत्यक्ष तर्फका र समानुपातिक तर्फका सबै उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।बाम गठबन्धनले आज कोहलपुर १२ मा स्वयंसेविकाहरुको भेला र वडा नम्बर २ मा युवा भेला र राप्तिसोनारी ९ ढकेरिमा सयुक्त शिक्षक संगठनको भेला वडा नम्बर ८ पिपिरी, वडा नम्बर ७ को लखनवा, वडा नम्बर ५ को बिकासनगर र वडा नम्बर १० को चटार र मन्नापुरमा घरदैलो सहित बिभिन्न चुनावी सभा गरेको कुरा निर्वाचन कमिटिका सयोजक अब्दुल हुसेन खानले बताएका छन् ।


ताजा समाचार