Loading... आजः मङ्लबार, कार्तिक ९, २०७८

प्रेस सेन्टर नेपालको खबरदारी त्रैमासिक बिमोचन

बाँके । प्रेस सेन्टर नेपाल बाँकेको मुखपत्र खबरदारी त्रैमासिकको बिमोचन गरिएको छ ।

बुधबार पत्रकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले एक कार्यक्रमका बिच बुलेटिनको बिमोचन गरेका हुन ।
सेन्टरको पहिलो प्रकाशनका रुपमा प्रकाशित खबरदारी बुलेटिनले साँचिकै खबरदारीको भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको बताउँदै प्रमुख अतिथि  समेत रहेका आचार्यले सफलताको शुभकामना दिएका थिए ।

प्रेस सेन्टर बाँके शखाका अध्यक्ष डक्टप्रसाद धितालको सभापतित्वमा सम्पन्न गरिएको बिमोचन कार्यक्रममा महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल बा“के शाखाका अध्यक्ष ठाकुर सिंह थारु, माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नं. ३ प्रदेश सभा (क) का उम्मेदवार आई.पि. खरेल लगाएतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा जिल्लामा सक्रिय संचारकर्मी तथा उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।


ताजा समाचार