Loading... आजः शुक्रबार, मंसिर १०, २०७८

एशोसियसन अफ एग्रीकल्चर नेपालको शाखा जाजरकोटमा

पवन शर्मा
जाजरकोट, १३ मंसीर । एशोसियसन अफ एग्रीकल्चर नेपालले जाजरकोट भेरी नगरपालीकामा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ ।

हाल ३ वटा विकास क्षेत्रका विभिन्न जिल्लामा काम गर्दै आएको यो संस्थाले जाजरकोटमा पनि शाखा विस्तार गरेको हो । शाखाको उद्घाटन भेरी नगरपालीकाको उप—मेयर भावना भण्डारीले रिवन काटेर गर्नुभएको थियो ।

उद्घाटन समारोहमा बोल्दै एग्रीकल्चर नेपालका अध्यक्ष गणेश भट्टले संस्थाले कृषकको आय स्तर उकास्नका लागी विभिन्न सेवा दिने बताउनुभयो । कृषकलाई कृषिमा दक्ष बनाउनका लागी संस्थाले विभिन्न निशुल्क तालिम समेत दिने उँहाको भनाइ थियो ।

एशोसियसन अफ एग्रीकल्चर नेपालका अध्यक्ष गणेश भट्ट 

उद्घाटन कार्यक्रममा उप—मेयर, पत्रकार र विभिन्न ब्यक्ति लगायतको उपस्थिती रहेको थियो ।


ताजा समाचार